· 

“खाना/खाजा खानुभयो?”

यो हामी नेपालीहरुले दैनिक रुपमा प्रयोग गर्ने बोलीचालीको प्रस्न हो । बिहान, दिउसो र साँझ हामी कसैलाई भेट्यौं भने सन्चो बिसन्चो सँगै सामान्ने सत्कार स्वरुप हामी यो प्रस्न पनि साथै सोध्ने गछौं । 

 

हामीले के बुझ्न जरुरी देख्छौं भने यो प्रस्न सुन्दा जति साधारण सुनिन्छ उत्तिकै गहन अर्थ पनि राख्दछ । यसले हाम्रो नेपाली समाजको खाद्य संस्कृतिको विषयमा प्रत्यक्ष परोक्ष असर गर्ने बिभिन्न आयामहरुका असाधारण आवाज/सवालहरु पनि एकसाथ उठान गर्दछ । 

 

हामीले (भरपेट) खाना/खाजा खायौं त?”

हामीले खाएको खाना/खाजा कस्तो थियो?”

उक्त खाना/खाजा कस्तो खाद्य श्रोतबाट बनेको थियो?” 

उक्त खाना/खाजाको बनाउने/पकाउने तरिका कस्तो थियो?” 

 “हामीले खाएको खाना/खाजाको खाद्य श्रोत कहाँ र कस्तो ठाउँबाट थियो?”

 

यस्ता असाधारण सवालहरुले हामीलाई के बुझन सघाउँछन् भने खाना भनेको व्यक्तिगत कुरा त हो नै जस्तो कि खानाको गुणस्तर र आवश्यक पोषण पुगेनपुगेको कारण हाम्रो शरिर र स्वास्थ्यमा पार्ने असर आदि । साथसाथै यो यति बहुआयामिक कुरा हो कि हामीले खाने खानाले हाम्रो परिवार, समाज र राष्ट्र समेतको आर्थिक, समाजिक, वातावरणीय स्थितिको चित्रण पनि गर्दछ, साथै खाध्यान्न उत्पादन, प्रशोधन, वितरण आदि प्रकृयाहरुमा लाग्ने श्रोतसाधन, उर्जा आदिको सकारात्म नकारात्मक असरहरुमा पनि हाम्रो प्रत्यक्ष संलग्नता हुने गर्दछ । 

 

यसर्थ हामीले खाने खाना/खाजालाई पेट भर्ने कुराको लागि मात्र नभई बहुआमायिक विषयका रुपमा बुझ्न/बुझाउनतिर लाग्ने कि?

 

#sarvagunkitchen #thebazaar #socialgastronomy #sustainableregionalfoodnetwork

Write a comment

Comments: 0