· 

के हाम्रो खानकी सही छ त?

अधिकांश नेपालीहरूले आफूले खाने खानेकुरा आफ्नो जीवन शैली र श्वाश्थ्यको मध्यनजर नगरी खान्छन्। पहिले बाबु बाजेको पालादेखि नै खाँदै आइरहेको भात हाम्रो पनि सबैभन्दा मूल खानामा पर्दछ। नेपालीहरूमा त कति सम्म भइसक्यो की 'खाना'भनेपछि 'भात'नै भन्ने बुझिन्छ। हाम्रा पूर्वजहरू बिहान देखी साँझसम्म धेरैजसो शारीरिक काम नै गर्थे र उनि हरूलार्इ अत्याधिक ऊर्जाको जरुरी पर्थ्यो। लामो समयसम्म काम गर्नको लागि चाहिने ऊर्जा, भात र धेरै fat भएको दुधले प्रधान गर्थ्यो। 

 

अहिले जो सहरी क्षत्रमा बस्छन्, उनीहरूको शारीरिक काम धेरै कम मात्रमा हन्छ र यदि यसरी नै भातलार्इ नै मूल खाना मान्ने हो भने Sugar, Diabetes जस्ता रोगहरू नलाग्लान् भन्न सकिँदैन। दिउँसोको खाजामा मःम, चाउमिन, चाउचाउ अतिनै प्रचलित छ। यी सबै मैदाका परिकारहरू हुन्। मैदा गहुँको प्रशोधित परिकार हो जसमा Vitamins, Minerals जस्ता  ‘Micronutrients’धेरै कम मात्रमा हुन्छ। यी परिकारहरू बनाउँदा प्रशोधित तेलहरू प्रयोग हुन्छ जसमा ‘Unhealthy Fats’ हुने भएकोले High Blood Pressure, High CholesterolHeart Attach जस्ता घातक रोगको सिकार हुन पुगिन्छ। संक्षेपमा भन्नु पर्दाहाम्रो खानकी  ‘High Carbohydrates + Unhealthy Fats’  ले भरिएको हुन्छ। बेलुकाको समयमा गहुँ, ज, फापर, मकैको परिकारहरू भातको विकल्प हुन सक्छन्। रोटी बनाउने फुर्सद नभएमा ढिँडो बनाउन सकिन्छ। अझ छिटो र सहजको लागि पीठो बनाएर तातो पानी वा दूधमा खान सकिन्छ।

 

हामीले खाने खानेकुरो ‘Hygienic’   ‘Nutritious’ दुवै हुनुपर्छ। ‘Hygiene’ को त हामीले ख्याल गर्छैँ तर ‘Nutrition’ को भने बिरलै मानिसले चासो दिन्छन्। Nutritiousभन्नाले  Macronutrients (Carbohydrate, Fats, Protein)   Micronutrients (Vitamins, Minerals) पर्छन्। Macronutrients मध्ये ‘Protein’ र ‘Healthy Fats’ हाम्रो खानामा कमी हुने गर्दछ। हामीले हप्तामा २-४ चोटि माछा, मासु खाँदैमा हाम्रो शरीरलार्इ चाहिने Protein को मात्रा पुग्दैन। कुखुराको मासु protein को राम्रो स्रोत हो तर कुखुराको पालन सहि तबरले नहुने र अनावश्यक सुइ लाउने हुँदा मासुको गुणस्तर त्यति राम्रो हुँदैन। कुखुराको अण्डा भने मासुको तुलनामा बढी नै गुणस्तरीय हुन्छ। दिनको २ वटा अण्डा मात्र यदि हामीले खानामा समावेश गर्यभने ProteinFats, Healthy fats, Vitamins  को मात्रामा सहयोग पुग्दछ। अरू स्रोतहरूमा दूध, दही, Mushroom, Paneer, गेडागुडी इत्यादि पर्दछन् जुन शाहाकारिहरूले दिनहुँ खानामा समावेश गर्नु पर्दछ। Healthy Fats को लागि अण्डा, माछा, Nuts जस्तै ओखर, बदम, काजु, कटुस पनि हरेक दिन छुटाउन हुँदैन। 

Micronutrientsमा Vitamins ra Minerals दुवै हाम्रो खानामा कमी हुने गर्छ। हामीले तरकारी त खान्छँ तर Fry  र Overcook हुने हुँदा धेरै Vitamin नष्ट हुन्छ। मसम अनुसारको Salad (काँक्रो, गाजर, मूलार फलफूल दिनहुँ खानु पर्छ।

Write a comment

Comments: 0