खानेकुरा आफैँमा नराम्रो त हुने होइन, हामीले स्वाद र सहजताको लागी विभिन्न परिकारमा लैजाँदा त्यस चीजको पुरा फाइदा लिन नसक्ने हो । जस्तै भनौं न, गहुँ (Wheat) को दाना पोषण तत्वले भरिएको हुन्छ । जब हामीले पिनेर पीठो बनाउँछौं, त्यसमा भएको कतिपय Vitamins, Oxygen सँगको reaction पछि खत्तम हुन्छ । अझ प्रशोधित गरेर मैदा (Refined Wheat Flour) बनाउँदा त Fiber र अरू धेरै Vitamins हरू हट्छन् । त्यही मैदाका परिकारहरू हुन् मःम, चाउमिन, चाउचाउ, Bread, Sandwich, Burger, Cakes इत्यादी। त्यसैले कुनै पनि खानेकुराबाट अधिकतम लाभ लिन त्यसको मूल रूप (Original Form) नै खान उचित हुन्छ । उदाहरणमा Brown Rice, Whole wheat, हरियो मकै, Oats पर्दछन् ।
|
Rice (चामल) |
Wheat (गहुँ) |
Maize (मकै) |
Barley (जौ) |
Oats (जड) |
Best[1] सबै भन्दा राम्रो |
Brown Rice |
Whole wheat |
Green Maize हरियो मकै |
Whole (Hulled/Hulless) Barley |
Steel-cut oats |
Good राम्रो |
|
Wheat Flour आँटा |
Roasted Maize भुटेको मकै |
Whole Barley flour, flakes (जौको पिठो, चिउरा) |
Rolled oats, Instant oats |
Intermediate ठिकै |
White Rice, Bitten Rice चिउरा |
|
Maize Flour मकैको सातु |
Refined (Pearl) Barley flour, flakes (प्रशोधित जौको पिठो, चिउरा) |
|
Worst नराम्रो |
Rice flour चामलको पीठो |
Refined Wheat Flour मैदा |
|
|
|
यी भए Carbohydrates को स्रोत प्रधान गर्ने मुख्य खानेकुराहरू । Vitamins र Minerals को लागि तरकारी र फलफुल दिनहुँ खानुपर्छ । तरकारी र फलफुलहरू आफ्नै ठाउँमा फलेको सबैभन्दा उचित हुन्छ । इतिहास हेर्ने हो भने नि मानिसहरूले आफ्नै ठाउँमा फल्ने खानेकुरा मात्र नै खाएको पाइन्थ्यो। हरेक जीवले त्यही नै गर्छन् । हाम्रो शरीर पनि कुनै फरक छैन। जस्तै भनौं न Winter मा फल्ने Oranges, Spring मा फल्ने Mangoes, Summer मा फल्ने Raspberry (ऐंसेलु), peaches (आडु), Autumn मा फल्ने Apples, grapes हरूको Vitamins, Minerals को मात्रा उस्तै-उस्तै हुन्छ ।
सम्भव भएसम्म खानेकुरा Organic, Not Refined (प्रशोधित नगरिएको), Seasonal र Local हुनु उचित हुन्छ ।
[1]श्वस्थकर भएपनि खाँदा साह्रो र पकाउन समय लाग्ने हुनाले त्यति खाइँदैन
#sarvagunakitchen #thebazaar #socialgastronomy #sustainableregionalfoodnetwork
Write a comment