
अाज मकै (Maize) का बारेमा बुझौं ।
संसारमा सबैभन्दा बढी उत्पादन हुने अन्न मकै हो । मकै उत्पादन गर्नेमा अमेरिका शिर्ष स्थानमा पर्दछ । मानिसको लागि भन्दा नि बढी गाइ बस्तुको लागि उत्पादन हुने गर्दछ।अचेल रक्सीबनाउन पनि बढी नै प्रयोग हुन थालेको छ।
मकै Fiber को मूल स्रोतमा पर्दछ।खानामा Fiber पाचन प्रणाली राम्रो बनाउन अत्यावश्यक हुन्छ । दैनिक हामीलाई ३० ग्राम जति Fiber को आवश्यक हुन्छ । Fiber, Plant based food मा मात्र पाइन्छ। त्यो पनि प्रशोधित नगरिएको चीजमा मात्र । हामीले खाने चामल र मैदा प्रशोधित गर्दा, दानाको बाहिरको भाग निकालिएको हुँदा Fiber को मात्रा धेरै कम मात्रमा हुन्छ। मकै Vitamin B, C र Minerals मा Sodium, Magnesium, Phosphorous र Potassium को पनि मूल स्रोत हो ।
शहरमा बस्ने नेपालीहरूले भने मकैलाई खानाको रूपमा धेरै कम मात्रामा खाने गरेका छन्। गाउँघरमा भने मौसममा हरियो मकै र बेमौसममा भुटेको मकै, सातु, आँटो खाइरहेको नै पाइन्छ । शहरमा पनि यसरी नै हरियो मकैको मौसममा उसिनेर र नपाउँदा भुटेर वा पिसेर खाने हो भने लाभ लिन सकिन्छ । बजारमा प्याकिङ गरेको Corn Flakes र अरू मकैका परिकार किन्दा भने Ingredientsपढेर मात्र किन्नुउचित हुन्छ । धेरै समयसम्म रहन, शरीरलाई हानि गर्ने Chemicals हरूको पनि प्रयोग र मीठो बनाउन चिनि वा अन्य मिठालु चीजहरूको मिश्रण गरिने हुँदा जुन Ingredients मा मकै (Maize) मात्र लेखिएको छ सोही किन्न उपयुक्त हुन्छ ।
मुख्य स्रोतहरूः
Carbohydrates, Fiber
Vitamins: A, B2, B6, B9
Minerals: Sodium,Magnesium, Phosphorous, Potassium
#sarvagunakitchen #thebazaar #socialgastronomy #sustainableregionalfoodnetwork
Write a comment