· 

मकै (Maize) को परिचय

अाज मकै (Maize) का बारेमा बुझौं ।

 

संसारमा सबैभन्दा बढी उत्पादन हुने अन्न मकै हो  मकै उत्पादन गर्नेमा अमेरिका शिर्ष स्थानमा पर्दछ । मानिसको लागि भन्दा नि बढी गाइ बस्तुको लागि उत्पादन हुने गर्दछअचेल रक्सीबनाउन पनि बढी नै प्रयोग हुन थालेको छ

 

मकै Fiber को मूल स्रोतमा पर्दछखानामा Fiber पाचन प्रणाली राम्रो बनाउन अत्यावश्यक हुन्छ  दैनिक हामीलाई ३० ग्राम जति Fiber को आवश्यक हुन्छ । FiberPlant based food मा मात्र पाइन्छ। त्यो पनि प्रशोधित नगरिएको चीजमा मात्र । हामीले खाने चामल र मैदा प्रशोधित गर्दा, दानाको बाहिरको भाग निकालिएको हुँदा Fiber को मात्रा धेरै कम मात्रमा हुन्छ मकै Vitamin B, C र Minerals मा Sodium, Magnesium, Phosphorous र Potassium को पनि मूल स्रोत हो 

 

शहरमा बस्ने नेपालीहरूले भने मकैलाई खानाको रूपमा धेरै कम मात्रामा खाने गरेका छन्। गाउँघरमा भने मौसममा हरियो मकै र बेमसममा भुटेको मकै, सातु, आँटो खाइरहेको नै पाइन्छ । शहरमा पनि यसरी नै हरियो मकैको मौसममा उसिनेर र नपाउँदा भुटेर वा पिसेर खाने हो भने लाभ लिन सकिन्छ । बजारमा प्याकिङ गरेको Corn Flakes र अरू मकैका परिकार  किन्दा भने Ingredientsपढेर मात्र किन्नुउचित हुन्छ । धेरै समयसम्म रहन, शरीरलाई हानि गर्ने Chemicals हरूको पनि प्रयोग र मीठो बनाउन चिनि वा अन्य मिठालु चीजहरूको मिश्रण गरिने हुँदा जुन Ingredients मा मकै (Maize) मात्र लेखिएको छ सोही किन्न उपयुक्त हुन्छ 

 

मुख्य स्रोतहरूः

Carbohydrates, Fiber

Vitamins: A, B2, B6, B9

Minerals: Sodium,Magnesium, Phosphorous, Potassium

 

#sarvagunakitchen #thebazaar #socialgastronomy #sustainableregionalfoodnetwork

Write a comment

Comments: 1
  • #1

    Kalyan Pyakurel (Saturday, 29 October 2022 04:51)

    १.मकै रोपेको कतिदिनमा टुसा पलाउछ ? २. टुसा पलाएको कति दिनमा दुई पाते हुन्छ ? ३. धान चामर कति दिनमा आउँछ ? ४. कति दिनमा सुत्ला च्याप्छ ? र ५. कति दिनपछी घोगा लाग्छ ? यसको उत्तर तुरून्तै उपलब्ध गराइ दिनु होला हामी हजुरहरुको उत्तरको प्रतिक्षामा छौ।