· 

गहुँ (Wheat) को परिचय

अाज गहुँ (Wheat) का बारेमा बुझौं ।

 

संसारमा दोस्रो बढी उत्पादन हुने अन्न गहुँ हो जसमा चीनले सबैभन्दा बढी उत्पादन गर्दछ । संसारमा गहुँको व्यापार अरू सबै अन्नको जोडेर भन्दा बढी हुने गर्छ। गहुँ वा गहुँको परिकार नखाने राष्ट्र त पक्कै नहोलान् ।  

 

गहुँ Carbohydrates, Fiber  र  Protein को मूल स्रोत हो । १३Protein हुने भएकोले शाकाहारीहरूको मुख्य स्रोतमा मानिन्छ र अरू  स्रोतको तुलनामा सस्तो पनि हुन्छ । Protein दुई प्रकारको हुन्छ, Essential (नभइ नहुने) र Non-essential (नभए पनि हुने) । यसमा हुने ‘gluten protein’ Non-essential अन्तर्गत पर्दछ । यसको मतलब शरीरलाई चाहिने Protein गहुँबाट पुग्दैन । Essential अन्तर्गत पर्ने Protein प्राय जनावरको स्रोतहरूबाट पाइन्छ जस्तै माछा, मासु, दुध, अण्डा इत्यादी । Vegan (जनावरको स्रोत केही पनि नखाने) हरूले भने भटमास (भट्ट), फापर, मिसाएको दाल, क्वाँटी इत्यादिबाट पाउन सक्छन् । गहुँ Vitamin B, E र Minerals मा Iron, Calcium, Magnesium, Phosphorous, Potassium र Zinc को पनि मूल स्रोत हो । शरीरलाई चाहिने यी खनिज तत्वहरू अरू अन्नमा भन्दा बढी गहुँमा पाइन्छ ।

सबै कुराको मूल्याङ्कन गर्ने हो भने गहुँलाई अन्नको राजा नै भन्दा फरक नपर्ला तर संसार भरमा गहुँको मूल रूपमा धेरै कम मात्रमा खाने गरिन्छ । गहुँको प्रशोधित रूप, मैदाले नै बजार हाँकेको छ । होटेलमा छिर्दा मःम, चाउमिन, Sandwich, Burger, Pizza अनि घर वा स्कूलमा चाउचाउ, बिस्कुट, Bread सबै मैदाको परिकारहरू हुन् । गहुँलाई प्रशोधित गरेर मैदा बनाउँदा बाहिरी एक सतह निकालिने हुँदा Fiber, Vitamins र Minerals धेरै कम मात्रामा हुन्छ । 

 

मुख्य स्रोतहरूः

Carbohydrates, Fiber, Protein

Vitamins:  B2, B3, B5,B9,E

Minerals: Calcium, Magnesium, Phosphorous, Potassium, Zinc

 

#sarvagunakitchen #thebazaar #socialgastronomy #sustainableregionalfoodnetwork

Write a comment

Comments: 0