· 

चामल (Rice) को परिचय

अाज चामल (Rice) का बारेमा बुझौं ।

 

संसारमा तेस्रो बढी उत्पादन हुने अन्न चामल हो । चीनले सबैभन्दा बढी उत्पादन गर्दछ ।  चामल नेपालको मात्र नभएर दक्षिण एसियाली देशहरू जस्तै India, China, Japan, Indonesia, Malaysia, South Korea, Thailand, Philippines को मूल खानामा पर्दछ । इन्डोनेसियामा पनि नेपालमा जस्तै यदि भात खाएको छैन भने खाना नै नखाएको जस्तै मान्छन् । भात यति प्रख्यात हुनुको कारण भनेको यो धेरै चीजहरूसँग खान सकिन्छ । तरकारी मा आलु जेसँग नि मिले जस्तै खानामा भात पनि धेरै चीजसँग मिल्छ । 

 

भातबाट पाइने मूल स्रोत भनेको Carbohydrates हो । Fiber, Vitamins  Minerals धेरै कम मात्रमा हुने हुनाले यसलाई अस्वस्थकर खानेकुरा मानिन्छ । ‘Brown Rice’ जसलाई हामी गाउँघरतिर नफलेको चामल’ भनिन्छत्यसमा भने Fiber, Vitamins, Minerals अलि बढी हुने हुँदा त्यसलाई स्वस्थकर भनिएको हो । चामल मिलमा कुट्दाभुस निकालेर फालेपछि खैरो (Brown) रङको चामल निस्किन्छ । त्यसलाई नै हामीले खैरो चामल (Brown Rice) भनिन्छ । खाँदा अलिक नमीठो अनि पाक्न पनि समय लाग्ने हुनाले मानिसले Brown Rice त्यति खाँदैनन् । खैरो चामलबाट बाहिरको ढुटो निकालेपछि सेतो चामल निस्कन्छ । त्यही चामल नै हामीले खाने गरेको चामल हो । ढुटोमा धेरै पोषण तत्व हुने हुँदा गाइ-बस्तुलाई खुवाइन्छ । जसलाई आफ्नो वजन कम गर्नु छवहाँहरूले सेतो चामलको सट्टामा खैरो चामल खानु उचित हुन्छ ।

 

परमपुर्खौं कालदेखि खाँदै आइरहेको भात नराम्रो त पक्कै होइन तर हाम्रो जीवनशैली पहिलेको भन्दा धेरै नै निष्क्रिय (Inactive) भएकोले खानामा भातको मात्रा र हरियो तरकारीगेडागुडी (वा दाल)Protein को अन्य केही स्रोतहरू बराबर मात्रामा हुनु जरुरी हुन्छ । दिनमा एकचोटित्यो पनि बिहान वा दिउँसोमा खानाको रूपमा भातसँग दालतरकारी एक उदाहरणीय खान्कीमा पर्दछ । 

 

मुख्य स्रोतहरूः

 

Carbohydrates

Brown Rice भने Fiber को स्रोत हो ।                                          

 

#sarvagunakitchen #thebazaar #socialgastronomy #sustainableregionalfoodnetwork

Write a comment

Comments: 0