जौ (Barley) को परिचय
मात्राको हिसाबले चौँथो बढी उत्पादन हुने भएपनि जौ खानाको रूपमा धेरै कम मात्रमा प्रयोग हुन्छ । विशेष गरी गाई बस्तुको आहारा र पेय पदार्थ (Beer and distilled beverages) बनाउनमा प्रयोग भएको पाइन्छ । जौ र गहुँ झट्ट हेर्दा उस्तै देखिन्छ । फरक भनेको जौको लामो जुँगा हुन्छ भने गहुँको हुँदैन । पोषण तत्वको हिसाबले भने जौ अलिक पछाडी छ । त्यही भएर नै होला जौ भन्दा बढी गहुँ खाइने । जौलाई गर्मी मौसम चाहिन्छ भने गहुँलाई चिसो र ओसिलो मौसम ।
जौको पनि मुख्य स्रोत भनेको Carbohydrates र Fiber हो । Fiber को मात्रा अरू सबै अन्नमा भन्दा बेसी जौमा हुन्छ । पेट भरी राखी राख्न र दिशा खुलाउनमा Fiber को ठूलो भूमिका हुन्छ । ओजन घटाउन मन हुने र कब्जियत भएकाहरूलाई जौ उपयुक्त हुन्छ । जौ Vitamin A, B अनि Calcium, Magnesium, Phosphorous र Potassium को पनि मूल स्रोत हो । जौको दलिया (खस्रो पिठो) बाट बनाइने परिकारहरू जस्तै पोहा, उप्मा, बुर्जी स्वस्थकर खानाका उदाहरण हुन् ।
Brown Rice जस्तै बाहिरको ढुटो नफालेको जौलाई बजारमा ‘Hulled Barley’ वा ‘Hulless Barley’ को नामले चिनिन्छ । ‘Hulless Barley’ को बाहिरको भुस (Hull) जौ ठटाउँदा नै निस्किन्छ भने ‘Hulled Barley’ को भुस मिलमा गएर फ्याँक्न पर्ने हुन्छ । गाउँघरमा बाहिरको ढुटो फालेर मात्र खाइने भएर होला यसको नेपाली नाम त्यति प्रचलनमा छैन । ‘Brown Rice’ लाई ‘नफलेको चामल’ भने जस्तै ‘नफलेको जौ’ भन्नमा नै उचित हुन्छ होला । त्यसैगरी, बाहिरको खैरो सतह(ढुटो) फालेको जौलाई ‘Pearled barley’ नामले चिनिन्छ । प्रशोधित गर्दा मोतीलाई झैँ चम्काइने भएर होला ‘Pearled barley’ नाम दिइएको । जौमा भने Fiber बाहिरी सतहमा मात्र नभएर पुरै अन्न भरी फैलिएको हुँदा ‘Pearled barley’, सेतो चामलको (White Rice) तुलनामा बढी स्वस्थकर हुन्छ।
मुख्य स्रोतहरू
Carbohydrates, Fiber
Vitamins: A, B1, B2, B3, B6
Minerals: Calcium, Magnesium, Phosphorous, Potassium
#sarvagunakitchen #thebazaar #socialgastronomy #sustainableregionalfoodnetwork
Write a comment